Close Menu
    What's Hot

    पार्टी र सरकारबीच द्वन्द्व छैन, कार्यकर्ताले राजनीतिक संस्कार अपनाउनू : रवि लामिछाने

    २०८३ कार्तिक २१, शुक्रबार २२:५६ गते

    पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सिफारिस

    २०८३ कार्तिक २१, शुक्रबार २२:४० गते

    बोकाको भाडाले विवाद कुटपिटसम्म, दुई जना प्रहरी नियन्त्रणमा

    २०८३ कार्तिक २१, शुक्रबार २२:२९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    पार्टी र सरकारबीच द्वन्द्व छैन, कार्यकर्ताले राजनीतिक संस्कार अपनाउनू : रवि लामिछाने

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २२:५६ गते0
    प्रमुख समाचार

    पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सिफारिस

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २२:४० गते0
    प्रमुख समाचार

    बोकाको भाडाले विवाद कुटपिटसम्म, दुई जना प्रहरी नियन्त्रणमा

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २२:२९ गते0
    फोकस लुम्बिनी

    आनी छोइङको नियुक्ति विरुद्ध लुम्बिनीमा प्रदर्शन

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २१:२८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » विदेशबाट फर्काइए पाँच हजार नेपाली
    समाचार

    विदेशबाट फर्काइए पाँच हजार नेपाली

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ फाल्गुन २१, बुधबार १२:२९ गते
    advertisement
    advertisement
    advertisement

    काठमाडौ, २१ फागुन । विभिन्न मुलुक अवैध रुपमा बसेका नेपालीहरु डिपोर्ट भएर फर्किने क्रम बढ्दै गएको छ । सन् २०२१ देखि २०२४ सम्म विभिन्न देशबाट ४ हजार ९ सय ९६ जना निष्कासन भएर फिर्ता भएका छन्। सन् २०२५ को जनवरी र फेब्रुअरी महिनामा मात्रै ४ सय ५० जना डिपोर्ट भएको तथ्यांक छ ।

    अध्यागमन विभागका अधिकृत विवेक बिडारीका अनुसार पछिल्लो दुई महिनामा विभिन्न बहानामा अमेरिका पुगेका २९ नेपाली डिपोर्ट भएका छन्। यस्तै, कोरिया, जापान, थाइल्यान्डलगायत अन्य देशबाट पनि नेपाली डिपोर्ट भएर फिर्ता भएका छन्।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    अध्यागमन विभागका अनुसार सन् २०२१ मा विभिन्न देश पुगेका ८ सय ८० जना नेपाली डिपोर्ट भएर नेपाल फर्किएका छन्। यस्तै सन् २०२२ मा १ हजार १ सय ६७ जना नेपाल फिर्ता भए। सन् २०२३ मा १ हजार ४ सय ४३ जना डिपोर्ट भए। सन् २०२४ मा १ हजार ५ सय ६ फिर्ता भएका थिए। सन् २०२५ को दुई महिनामा डिपोर्ट भएर फर्कनेको संख्या पनि उल्लेख्य छ। २०२५ को जनवरी फ्रेबअरीमा ४ सय ५० जना डिपोर्ट भएर नेपाल फर्किएका छन्।

    नेपालबाट चार वर्षमा १ हजार ७ सय ४२ विदेशी नागरिक डिपोर्ट भएर गएको संख्या पनि उल्लेख्य छ। अध्यागमन विभागका अनुसार सन् २०२१ मा २ सय १८ विदेशी नागरिक नेपालबाट निष्कासनमा परेका थिए। सबैभन्दा बढी भिसा समयभन्दा बढी बसेका १ सय ९३ जना डिपोर्ट गरिएका थिए। ७ जनाले भिसा विपरीतको काम गरेका थिए भने ६ जना लागुऔषध मुद्दामा संलग्न भएका थिए। ४ जना खोटा चलन र ३ जना अवैध सुन पैठारीमा संलग्न रहेका थिए। ओभर स्टे गर्ने २८ चिनियाँ, १९ अमेरिकी, १५ जना बेलायत र ११ दक्षिण कोरियाका नागरिक थिए।

    सन् २०२२ मा ५ सय ७० विदेशी नागरिक नेपालबाट निष्कासन भएका थिए। जसमध्ये ५ सय ३४ जना ओभरस्टे बसेका विदेशी थिए। ओभरस्टे गर्नेमा १ सय ८१ चिनियाँ, ४७ अमेरिकी, ३५ बेलायत, फ्रान्स र दक्षिण कोरियाका १८/१८ नागरिक ओभर स्टे कसुरमा नेपालले डिपोर्ट गरेको थियो। यसमध्ये ११ विदेशी नागरिक फेक पासपोर्ट र ५ जना लागुऔषध मुद्दामा मुछिएका थिए।

    सन् २०२३ मा ४ स ५८ विदेशी नागरिक नेपालबाट निष्कासन भएका थिए। जसमा ४ सय १२ जना ओभर स्टे कसुरका थिए । १० लागुऔषध कसुर र १० अवैध विदेशी मुद्रा कसुरमा नेपालबाट डिपोर्ट भए। ओभर स्टेमा सबैभन्दा बढी १ सय ९० चिनियाँ नागरिक रहेका थिए। यही कसुरमा अमेरिकी नागरिक ३७, बेलायतका १८ जना रहेका थिए। यस्तै सन् २०२४ मा ४ सय ९६ विदेशी नागरिक नेपालबाट डिपोर्ट भएका छन्। जसमध्ये ४ सय ५१ जना ओभर स्टे कसुरमा रहेका छन्। यस्तै जाली राहदानीमा १६ र अभद्र व्यवहारमा १२ जना मुछिएका थिए।

    बुधवार (आज) मात्रै अमेरिकाले अवैध रुपमा बसेका आठ जनालाई नेपालीलाई चार्टर विमानमार्फत नेपाल ल्याएर छाडेको छ ।

    डिपोर्ट के हो ? किन हुन्छन् ?

    अध्यागमन विभागका निर्देशक ईश्वरीदत्त पनेरुका अनुसार कुनै पनि देशको अध्यागमन कानुन पालना नगरी बसेका विदेशीलाई उनीहरुकै देशमा फिर्ता गर्ने प्रक्रिया नै डिपोर्ट हो। डिपोर्ट गर्ने र हुने कारणहरु अनेक हुन सक्छन्। प्रायःजसो कागजात नमिलेको, नक्कली कागजात पेस गरेको, भिसा समयभन्दा बढी बसेको तथा उक्त देशमा गैरकानुनी कार्यमा सहभागी भएको अवस्थामा जुनसुकै देशले जो कोहीलाई पनि डिपोर्ट गर्न सक्छ।

    निर्देशक पनेरु अगाडि भन्छन्, ‘डिपोर्ट गर्ने अधिकार सम्बन्धित देशलाई मात्रै हुन्छ। जहाँ अन्य देशका नागरिकहरू आएर बसेका छन्। पछिल्लो समय अमेरिका, कोरिया, थाइल्यान्ड, जापान, अस्टेलिया पुगेका नेपालीहरू डिपोर्ट भएर आएका घटना बढी देखिएका छन्। उक्त देशमा विभिन्न कारणले पुग्ने र त्यहाँको कानुन नमान्ने, गैरकानुनी बस्ने, भिसा साथमा नभएको तथा विभिन्न मुद्दामा संलग्न भएको पुष्टि भएपछि नेपालीहरु डिपोर्ट भइरहेका छन्।’

    अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलका वरिष्ठ अध्यागमन अधिकृत सीता परियारका अनुसार गलत मान्छेको प्रलोभनमा परेर वा एजेन्टको साथ लागेर पछिल्लो समय नेपालीहरु तल्लो बाटो हुँदै अमेरिका पुग्ने संख्या पनि बढ्दो छ। अमेरिकामात्रै नभई अन्य युरोपियन राष्ट्रमा पनि नेपालीहरु गैरकानुनी रुपमा पुगिरहेका छन्। यसरी बसेको थाहा भएको अवस्थामा त्यहाँको सरकारले जुनसुकै अवस्थामा नेपालीहरु डिपोर्ट गर्न सक्छ। केही व्यक्तिहरुलाई उक्त देशको अदालतको आदेशअनुसार नै डिपोर्ट गरिएको हुन्छ भने केहीलाई सरकारको नियमअनुसार पुग्नासाथ नै डिपोर्ट गरिएका घटना छन्।

    गैरकानुनी तवरले विभिन्न देश पुगेका व्यक्तिहरु डिपोर्ट भएर आएपछि विमानस्थलका अध्यागमन कार्यालयले प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोलाई जिम्मा लगाउने गर्छ। अन्नपूर्ण पोष्ट्बाट

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    अध्यागमन विभाग डिपोर्ट
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    पार्टी र सरकारबीच द्वन्द्व छैन, कार्यकर्ताले राजनीतिक संस्कार अपनाउनू : रवि लामिछाने

    २०८३ कार्तिक २१, शुक्रबार २२:५६ गते

    पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सिफारिस

    २०८३ कार्तिक २१, शुक्रबार २२:४० गते

    आनी छोइङको नियुक्ति विरुद्ध लुम्बिनीमा प्रदर्शन

    २०८३ कार्तिक २१, शुक्रबार २१:२८ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.