
श्रीलंका, २३ फागुन । प्रहरीले एक अधिकारीको मृत्युका कारण पक्राउ गर्न अदालतको आदेश भएपछि बेपत्ता भएका आफ्ना फरार प्रमुखको खोजीका लागि बिहीवार सार्वजनिक अपिल जारी गरेको छ।
प्रवक्ता बुद्धिका मनतुङ्गाले प्रहरी महानिरीक्षक (आईजीपी) देशबन्धु तेन्नाकुनलाई विभिन्न विशेष इकाइमा खटाए पनि फेला पार्न नसकिएको बताए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

कोलम्बोमा पत्रकारहरुसँग कुरा गर्दै मनतुङ्गाले भने, ‘हामी सर्वसाधारणलाई उहाँ कहाँ हुनुहुन्छ भन्ने बारेमा कुनै पनि जानकारी दिन आग्रह गर्दछौँ।’
उनले आईजीपीलाई प्रश्रय दिने वा न्यायमा बाधा पुर्याउनेलाई पनि कारबाही गरिने बताए। मनतुङ्गाले आफ्नै प्रमुखलाई पत्ता लगाउन नसक्नुले प्रहरीमाथिको जनविश्वासलाई कमजोर बनाएको स्वीकारे। उनले टापुबाट भाग्नबाट रोक्न सरकारले विदेश यात्रामा प्रतिबन्ध लगाएको छ।
‘यो गम्भीर विषय हो र हामी उहाँलाई पक्राउ गर्न थप जोसका साथ काम गरिरहेका छौं,’ मनतुङ्गाल भने। उनले भने, ‘कानुनको जानकार व्यक्तिका रुपमा आइजिपीले अदालतको आदेश पालना गरेर आत्मसमर्पण गर्नुपथ्र्यो।’
सन् २०२३ मा टेन्नाकुनले एक होटलमा गैरकानुनी रुपमा छापा मारेको आरोप लागेपछि गत साता एक म्याजिस्ट्रेटले उनलाई पक्राउ गर्न आदेश दिएका थिए।
तेन्नाकुनले एक युनिटलाई राजधानी कोलम्बोबाट करिब १५० किलोमिटर टाढा रहेको दक्षिणी तटीय रिसोर्ट शहर वेलिगामास्थित एक होटलमा अवैध लागूपदार्थको खोजी गर्न आदेश दिएका छन्। विभिन्न संचारमाध्यमको सहयोगमा।

