
हृदयराम गुप्ता
मर्चवार, २७ फागुन। मर्चवार निजी अंग्रेजी विद्यालय संघ रुपन्देहीको अध्यक्षमा पुनः जितेन्द्र कुमार सिंह चयन भएका छन्। संघको आठौं अधिवेशनबाट सिंह अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन्।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उपध्यक्षमा इन्सान अलि फकिर, सचिवमा सुखराम यादव, कोषाध्यक्षमा राजेश बरई, सह–सचिवमा सुदर्शन यादव, सह–कोषाध्यक्षमा सर्बेन्द्र मौर्य चयन भएको निर्वाचन समितिका संयोजक रामकेश धवलले बताए । त्यस्तै कार्यसमिति सदस्यमा बिनेश्वरी कोहार, विन्ध्याचल चौधरी र शिवनाथ यादव चयन भएका छन्।
०६४ सालमा स्थापना उक्त संघमा १९ विद्यालयहरु आवद्ध छन्। विद्यालयको हकहितमा काम गर्नुका साथै शिक्षालाई थप गुणस्तरीय बनाउनका लागि संघले काम गर्दै आएको संस्थाका अध्यक्ष जितेन्द्र सिंहले बताए।
‘पहिलो कार्यकालको अनुभव र सुझावहरुलाई मध्यनजर गर्दै दोस्रो कार्यकालमा थप सशक्त रुपमा संस्थालाई अगाडी बढाउने छु’,उनले भने, ‘शिक्षाको गुणस्तरका साथै यहाँका विद्यालयहरुलाई जिल्लामै उत्कृष्ट विद्यालयको रुपमा स्थापित गराउनेमा विश्वस्त छु।’
मर्चवारको विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागीमा अन्तर विद्यालय स्तरीय खेल, हाजिरी जवाफ प्रतियोगिता लगायत विभिन्न कार्यक्रम गर्दै आएको उनले सुनाए।
अधिवेशनका प्रमुख अतिथि स्वागत पुस्तक पसल भैरहवाका संचालक बालकृष्ण बस्यालले निजी विद्यालयहरुको शिक्षा प्रतिको कार्यमा आफुले हाथेमालो गरी सहकार्य गर्ने बताए । उनले भने ‘एक विद्यालयले अर्को विद्यालयसंग इष्र्या भन्दा गुणस्तरीय शिक्षा प्रदानको प्रतिस्पर्धाको भावना राख्नु पर्छ।’ उनले अन्तर विद्यालय स्तरीय प्रतियोगिताले विद्यार्थीहरुको प्रतिभालाई थप बलियो बनाउने बताए ।
कार्यक्रमका विशिष्ट अतिथि प्याबसन मायादेवी गाउँपालिका रुपन्देहीका पुर्वअध्यक्ष भरत गिरीले निजी विद्यालयका शिक्षकहरुलाई नियमित रुपले विषयगत तालिमलाई प्राथमिकतका दिए गुणस्तरीय शिक्षा प्रदान हुने बताए ।
विद्यालयमा आइपर्ने समस्याहरुलाई समाधान गर्ने संगठनको धेरै आवश्यकता रहेको बताउँदै मर्चवारको रहेक निजी विद्यालय उक्त संघमा जोडिनुपर्ने आग्रह गरे। सघंको स्थापनाकालको चर्चा गर्दै संघ गठन पछि विभिन्न विद्यालयमा गुणस्तरीय शिक्षा सहित एक रुपता आएको उनले बताए ।
संस्थाका सचिव सुखराम यादवको संचालनमा सम्पन्न उक्त अधिवेशनमा रामधनि मौर्य, राजु खनाल, इन्द्रजीत यादव, मुकेश यादव सुदर्शन यादव लगायत विभिन्न शिक्षकहरुले मन्तव्य राखेका थिए ।

