
हेटौंडा, २९ फागुन। भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले भीम विराग राष्ट्रिय संगीत पुरस्कार ०८१ रुपन्देहीका गायक हेमन्त शर्मा र राष्ट्रिय कला पुरस्कार मकवानपुरका कलाकार भोलाराज सापकोटालाई प्रदान गरेको छ।
प्रतिष्ठानले हालै हेटौंडामा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय साहित्य पुरस्कार काठमाडौंको साहित्यकार माया ठकुरीसहित ११ जनालाई जनही २५ हजार नगदसहित पुरस्कृत गरेको हो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

कार्यक्रममा २० हजार रुपैयाँ राशिको रामकृष्ण बानियाँ स्मृति लोकसंगीत पुरस्कार पर्वतका लोकदोहोरी गायक कुलेन्द्र बिश्वकर्मालाई, १५ हजार रुपैयाँ राशिको तुलसीमाया–शिवकुमारी सिर्जनशील नारी पुरस्कार मकवानपुरकी महिला उद्यमी शोभा श्रेष्ठ र शिला नारी पुरस्कार मकवानपुरकै मेनका श्रेष्ठलाई प्रदान गरिएको छ ।
त्यस्तै चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार मकवानपुरका बालसाहित्य अभियानकर्मी दीपक गौतमलाई, भीम–मथुरा बाल प्रतिभा पुरस्कार मकवानपुरकै रितिका छत्कुलीलाई, १० हजार रुपैयाँ राशिको मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार स्वास्थ्यकर्मी निर्मला ब्लोन र अजित सेन–कमलेश्वर गुप्ता भिन्न क्षमता पुरस्कार मकवानपुरका दृष्टिविहीन मेकानिक सुदर्शन ढकाललाई प्रदान गरिएको छ।

