


कालिकोट,२९ फागुन। कालिकोटमा युवाहरुबीच ग्याङ फाइट हुँदा एक युवकको मृत्यु भएको छ। जिल्लाको खाँडाचक्र नगरपालिका–१० स्थित चौकीमा गएराति एक स्थानीयको घरको पूजा स्थलमा पुगेका युवाहरुबीच ग्याङ फाइट हुँदा तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ। साथै, भुपेन्द्र शाही घाईते भएका छन्।
घटनामा खुकुरीको प्रयोग गरिएको छ।जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी टेकबहादुर रावतका अनुसार घटनामा संग्लन आरोपमा पाँच जना युवाहरुलाई पक्राउ गरिएको छ। पक्राउ परेका सबै युवाहरु १८ वर्ष मुनि उमेर समूहका छन्।

मृतकको शव पोष्टमार्टमका लागि अस्पताल पठाईएको र घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

