


काठमाडौं,३ चैत। संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ। नयाँ बनेश्वारस्थित संघीय संसद भवनमा बिहान ११ बजेका लागि बैठक डाकिएको संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले जानकारी लिए।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक,२०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

यसैगरी अर्थमन्त्री पौडेलले निजीकरण (पहिलो संशोधन) विधेयक २०८१, माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।
बैठकमा आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

