


कालीकोट, ४ चैत। कालीकोट जिल्लामा नदी तर्ने क्रममा एक जना युवक बेगर बेपत्ता भएका छन् । बालुवा बजारदेखि पचालझरना गाउँपालिका-६ नानिकोट जानका लागि कर्णाली नदी तर्ने क्रममा युवक बगेर वेपत्ता भएको प्रहरी निरीक्षक किशोर केसीले बताए ।
उनका अनुसार नदी तर्नका लागि प्रयोग गरिएको डुंगा पल्टिँदा मुगुको छायाँनाथ रारा नगरपालिका-१० का २३ वर्षीय देवनाथ सेजवाल नदीमा वेपत्ता भएका हुन् । उनले कर्णाली करिडोरमा काम गर्न आएका सेजुवालको खोजी कार्य जारी भइरहेको जनाए। डुंगामा चारजना सवार रहेकोमा सेजुवाल बेपत्ता भएका हुन्।

कमेन्ट गर्नुस्

