
लुम्बिनी, ४ चैत। लुम्बिनी बौद्ध विश्वविद्यालयमा स्थापित चिनियाँ भाषा परीक्षण केन्द्रले सञ्चालन गरेको परीक्षामा भारतीय विद्यार्थीको आकर्षण बढ्दै गएको छ । विश्वविद्यालयमा गत वर्षदेखि चिनियाँ भाषा परीक्षण हुने गरेको हो।
विश्वविद्यालय अन्तर्गत देवदह शिक्षा विकास परियोजना अन्तर्गत देवदहमा भाषा परीक्षण परीक्षा हुँदै आएको छ । एसएसके परीक्षामा सहभागीताका लागि आवेदन दिने विद्यार्थीमध्ये करिब आधा विद्यार्थी भारतबाट रहेको परियोजनाका निर्देशक डा. कुमार खड्काले जानकारी दिए। उनका अनुसार पछिल्लो परीक्षामा सहभागी ७२ विद्यार्थीमध्ये ३४ जना भारतीय नागरिक रहेका छन्। भारतको गोवा, केरला, गुजरातलगायतका क्षेत्रबाट विद्यार्थीहरु परीक्षा दिन लुम्बिनी क्षेत्रमा आएका हुन्।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

एसएसके १ देखि ६ सम्मको परीक्षण विश्वविद्यालयमा हुने गरेको छ। लुम्बिनीमा भाषा परीक्षण सुरु भएपछि नेपाल तथा भारतका विद्यार्थीहरुलाई सहज भएको लुम्बिनी बौद्ध विश्वविद्यालयका चिनियाँ भाषा विषय समितिका अध्यक्ष डा. सागर न्यौपानेले बताए। भाषा परीक्षण केन्द्रमा फ्रेबुअरी महिनाबाहेक हरेक महिना परीक्षा सञ्चालन गर्ने गरिएको निर्देशक खड्काले जानकारी दिए ।
विश्वविद्यालयमा स्नातक तहमा चिनियाँ भाषा केन्द्रीत भएर बिटिसिएसओएल विषय सञ्चालन गरिएको छ। स्नातक तहमा समेत भारतबाट विद्यार्थी अध्ययन गर्न आएको विश्वविद्यालयले जनाएको छ। विश्वविद्यालयमा चालु शैक्षिक सत्रमा मात्रै ३८ जना विद्यार्थी स्नातक र स्नातकोत्तर तह अध्ययनका लागि भर्ना भएका छन्। आगामी शैक्षिक सत्रमा विदेशी विद्यार्थीको संख्या व्यापक बढोत्तरी गरिने विश्वविद्यालयको योजना रहेको छ।

