


भैरहवा, १८ जेठ। रुपन्देही प्रहरीले भन्सार छली गरेर भित्राइएका विभिन्न सामग्री बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा लाखौं मूल्य बराबरको तस्करीका सामग्री बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, जिल्लाको मर्चवारी गाउँपालिका, रोहिणी गाउँपालिका, मायादेवी गाउँपालिका, सिद्धार्थनगर नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका र बुटवल उपमहानगरपालिकाको विभिन्न स्थानबाट लत्ताकपडा, खाद्यान्न लगायत सामग्री बरामद भएको हो । तस्करीमा प्रयोग गरिएका पाँच वटा मोटरसाइकलसहित बरामद सामग्रीको मूल्य ११ लाख ८८ हजार रुपैयाँ बताइएको छ ।
बरामद सामग्री आवश्यक कारबाहीका लागि भैरहवास्थित भन्सार कार्यालय बेलहियामा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

