
डडेलधुरा,१८ जेठ। डडेलधुरामा शुक्रबारदेखि बेपत्ता रहेका सशस्त्र प्रहरीका जवानसहित दुई जना सोमबार मृत अवस्थामा फेला परेका छन्।
सशस्त्र प्रहरी बलको बीओपी परिगाउँमा कार्यरत जवान ओमप्रकाश पुन मगर र परशुराम नगरपालिका–५ का स्थानीय तीर्थबहादुर थापा मगरको शव महाकाली नदी क्षेत्रमा फेला परेको डडेलधुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहले बताए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उनका अनुसार, तीर्थबहादुरको शव परशुराम नगरपालिका–५ स्थित महाकाली नदीको कल्पठ्ठे क्षेत्रमा र जवान पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेव नजिक भारततर्फको महाकाली नदी किनारमा फेला परेको हो।
घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

