


सप्तरी, ५ चैत। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत मंगलबार राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा अर्काको नाममा मतदान गर्न पुगेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
निर्वाचनमा अर्काको नाममा मतदान गर्न आएका शिवकान्त मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी जितेन्द्रकुमार बस्नेतले बताए।

मंगलबार सप्तरीसहित देशका विभिन्न जिल्लाका क्याम्पसमा स्ववियु निर्वाचन भएको छ भने विवादका कारण केही क्याम्पसमा स्थगित गरिएको छ।
कमेन्ट गर्नुस्

