


काठमाडौं, ५ चैत। परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले युक्रेनी सेनाको नियन्त्रणमा रहेका साता नेपालीलाई स्वदेश फर्काउन युक्रेनी समकक्षीसँग आग्रह गरेकी छिन्। भारतको नयाँ दिल्लीमा आयोजित रायसिना संवादमा युक्रेनी समकक्षी एन्द्री सिबिहासँग उनले आग्रह गरेकी हुन् ।
आफ्ना नागरिक रुसी सेनामा भर्तीको नीति नेपालको नरहेको भन्दै मानव तस्करमार्फत नेपाली रुसी सेनामा भर्ती भएको उनले जानकारी गराएकी थिइन्। युक्रेनी विदेशमन्त्रीले कानुनी प्रक्रिया पुरा गरेर उनीहरुलाई रिहा गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

परराष्ट्रमन्त्री राणाले नेपालले संयुक्त राष्ट्रसंघिय मानवअधिकार परिषद्को सदस्य लगायतमा उम्मेदवारी दिएका त्यसमा सहयोगका लागि युक्रेनसँग आग्रह गरेकी छिन्।

