
भैरहवा, ६ चैत। रुपन्देहीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा २२ हजार ९ सय ७५ जना विद्यार्थी सहभागी हुने भएका छन्। नियमित (साधारण धारतर्फ) १७ हजार ५ सय १८ जना, साधारण धारतर्फ ग्रेडवृद्धि (पुरानो र नयाँ) ४ हजार ९ सय ३९ र प्राविधिक धारतर्फ ५१८ जना परीक्षार्थीहरु सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई कार्यालय रुपन्देहीले जनाएको छ।
विगतको वर्ष भन्दा यस वर्ष जिल्लामा परीक्षार्थीहरुको संख्या बढेको छ । इकाइ प्रमुख माधव वन्जाडेका अनुसार रुपन्देहीमा गतको वर्ष भन्दा यस वर्ष ३ हजार २ सय ८० बढी विद्यार्थीहरु एसईईमा सहभागी हुने भएका छन् ।
Advertisement

Advertisement
Advertisement

यस वर्ष चैत ७ देखि १७ गतेसम्म एसईई परीक्षा सञ्चालन हुँदैछ । जसअन्तर्गत साधारण धारतर्फ ७ देखि १५ र प्राविधिक धारतर्फ (थप दुई दिन) १७ गतेसम्म सञ्चालन हुनेछ । ‘राष्ट्रिय परीक्षा बोर्डबाट २०८१ सालको एसईई परीक्षा सञ्चालनको पूर्वतयारीको अवस्थामा छौं’, इकाइ प्रमुख वन्जाडेले भने–‘परीक्षाको सम्पूर्ण तयारीहरु पूरा गरेका छौं । अहिले परीक्षा केन्द्रहरुमा उत्तरपुस्तिका पुर्याउने काम गरिरहेका छौं । प्रश्नपत्रहरु सम्बन्धित प्रहरी चौकीहरुमा पुगिसकेको छ।’
जिल्लामा परिक्षाका लागि ६० वटा परीक्षा केन्द्र तोकिएको छ। उनका अनुसार प्राविधिकतर्फबाट परीक्षार्थीहरु भैरहवा र बुटवलमा गरी दुईवटा केन्द्रबाट परीक्षामा सहभागी हुनेछन् जिल्लामा यस वर्ष सामूदायिकबाट १७६ र संस्थागतबाट १७० गरी ३४६ वटा विद्यालयबाट परीक्षार्थीहरु सहभागीता रहनेछ वञ्जाडेले जानकारी दिए।

