
काठमाडौं, ६ चैत। नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्छ भन्ने अभिव्यक्तिप्रति संसदमा क्षमा याचना मागेका छन्।
सचेतक घिमिरेले गत चैत ३ गते संसदको विशेष समयमा बोल्दै यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए। त्यसको संसद भित्र र बाहिर आलोचना भएको थियो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

बुधवार बसेको प्रतिनिधिसभा बैठकमा घिमिरेले आफ्नो अभिव्यक्तिले पर्न गएको नकारात्मक असरप्रति क्षमा याचना मागेका छन्। उक्त अभिव्यक्तिप्रति बुधवारको बैठकमा घिमिरेले उक्त धारण पार्टी र संसदीय दलको आधिकारिक धारणा नभएको पनि बताए।
‘मैले व्यक्त गरेको धारणा एउटा संसदको हैसियतले विशेष सन्दर्भमा राखेको व्यक्तिगत धारणाहरु हुन्। यो धारणा नेपाली कांग्रेस पार्टी र संसदीय दलको आधिकारिक धारणा पनि होइन’, घिमिरेले भने, ‘यी विचारहरुले सम्मानित संसदका सदस्यहरु एवं अन्य जनसमुदायमा समेत केही नकारात्मक प्रभाव परेको भए म उहाँहरुको सम्मान गर्दै उहाँहरुसँग क्षमायाचना गर्दछु ।’

