


भैरहवा, ६ चैत। नेपालको स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा बुधवार प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो हालसम्मकै उच्च मूल्य हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न मुलुकबाट आयात हुने वस्तुमा अतिरिक्त शुल्क लगाउँदा विभिन्न मुलुक सशंकित भएका छन्।

ट्रम्पकै गतिविधीका कारण विभिन्न मुलुक तथा लगानीकर्ता सुनको लगानीप्रति आकर्षित भएकोले सुनको मूल्यमा वृद्धि भइरहेको बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३ हजार डलर नाघेको छ ।
बुधवार चाँदी प्रतितोलामा ५ रुपैयाँ घटेको छ। मंगलबार प्रतितोला २ हजार ५० रुपैयाँ रहेको चाँदी बुधवार २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

