


नवलपरासी पश्चिम, ७ चैत। नवलपरासी पश्चिम प्रहरीले जिल्लाको रामग्राम नगरपालिका–५ स्थित वाईपास चोकबाट स्रोत नखुलेको १२ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–२ भक्सिपुरका २२ वर्षीय सुख सागर यादव र प्रतापपुर गाउँपालिका–८ पिपरपातीका ३९ वर्षीय शिवेन्द्र प्रसाद बनिया रहेको प्रहरीले जनाएको छ। छुट्टाछुट्टै मोटरसाइकलमा रहेका दुई जनाको साथबाट ६-६ लाख रुपैयाँ गरी १२ लाख बरामद भएको हो।

पक्राउ परेका दुवैजना विरुद्ध नवलपरासी जिल्ला अदालतबाट हुण्डी कारोबार सम्बन्धी कसुरमा म्याद थप गरि घटना अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए।
साथै उनीहरुले प्रयोग गरेको यूपी ५६ एएच२५७३ र यूपी ५६ एएच १२०४ भारतीय नम्बर प्लेटको दुई वटा मोटरसाइकल समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

