


काठमाडौं, ८ चैत। सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल गृह मन्त्रालय तानिएका छन्। उनको स्थानमा दुई दिन अघि कपिलवस्तुको सीडिओबाट मन्त्रालयमा सरुवामा विश्वप्रकाश अर्याललाई पठाइएको गृह मन्त्रालयले जनाएको छ।
महायज्ञ गर्न दलित परिवारलाई हटाएको विषयमा व्यवस्थापन गर्न नसकेको भन्दै उनलाई मन्त्रालयमा तानेको बुझिएको छ। सत्य तथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिइसकेको उनको सचिवालयले जनाएको छ।

कमेन्ट गर्नुस्

