Close Menu
    What's Hot

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १२:०४ गते

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १७:२१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:३५ गते0
    प्रमुख समाचार

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:२१ गते0
    प्रमुख समाचार

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:१५ गते0
    विशेष

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ रिहा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:०२ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भैरहवा आएर उपेन्द्रले भने–कांग्रेस–कम्युनिष्टले शासन गरेसम्म विकास हुँदैन
    राजनीति

    भैरहवा आएर उपेन्द्रले भने–कांग्रेस–कम्युनिष्टले शासन गरेसम्म विकास हुँदैन

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ चैत्र १०, आईतवार २२:०१ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,१० चैत। जनता समाजवादी पार्टी, (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस–कम्युनिष्टको हातमा शासन र शक्ति रहेसम्म यो देशको विकास हुन नसक्ने दावी गरेका छन् । जसपा नेपाल जिल्ला कार्यसमिति रुपन्देहीले भैरहवामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा धेरै सम्भावना र संसारकै विकसित देश बन्ने आधार हुँदाहुँदै पनि काँग्रेस–कम्युनिष्टकै कारण देशको अवस्था यस्तो भएको बताए ।

    विगत ३५ वर्षदेखि यो मुलुकको शासन गरेका काँग्रेस–कम्युनिष्टले देशको अर्थतन्त्र धरासायी बनाएको तथा कृषि, उद्योगको विकास र शिक्षा तथा स्वास्थ्यमा सुधार गर्न नसकेको उनले आरोप लगाए । 

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    ‘३५ वर्ष कम समय होइन । तर, गरीबी तथा रोजगारीको समस्या समाधान हुन सकेन । कुनै पनि क्षेत्रमा देशको विकास हुन सकेन, यो देशको शासन कसले गर्यो ? उही नै जिम्मेवार हो’,उनले भने । पूर्वउपप्रधानमन्त्री समेत रहेका यादवले काँग्रेस–कम्युनिष्टको शासनमा भ्रष्टाचार र कमिशनतन्त्र बढेको समेत आरोप लगाए । जनता शिक्षित र स्वस्थ भए मुलुक विकसित हुने उनको भनाइ छ । 

    ‘नेपालको अर्थतन्त्र मजबुत बनाउन कृषिको विकास आवश्यक छ, किसानको जीवनस्तर नउठाएसम्म गरीबीको अन्त्य हुँदैन । उद्योग, कलकारखानाले रोजगारी दिन्छ । तर त्यो पनि बन्द छ, शिक्षा र स्वास्थ्यमा व्यापार भइरहेको छ । काँग्रेस–कम्युनिष्टको गलत नीतिकै कारण यस्तो अवस्था आएको हो ’उनले भने । 

    अध्यक्ष यादवले शिक्षा, स्वास्थ्य, उद्योग, कृषि, पर्यटन र जलस्रोतको विकास गरी देशबाट गरीबी हटाउन सकिने जसपा नेपालको धारणा रहेको बताए । उनले विगतमा भएका आन्दोलनहरुले स्वतन्त्रता र अधिकार दिए पनि समानता भने हुन नसकेको बताए । ‘लोकतन्त्र भनेको नागरिक स्वतन्त्रता मात्र होइन समानता पनि हो’,उनले भने ‘समानताका लागि सबैलाई बराबर अधिकार दिनुपर्ने र भेदभाव हटाउनुपर्छ।’

    त्यस्तै पार्टीका महासचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज रामकुमार शर्माले वर्तमान सरकार सम्पूर्ण मोर्चामा असफल हुँदै गएको दावी गरे । उनले सरकार गठन अघि गरिएको प्रतिवद्धताबाट प्रधानमन्त्री केपी शर्मा ओली पछाडि हटेको बताए ।

    लुम्बिनी प्रदेश सभा सदस्य तथा जसपा नेपालकी नेतृ अम्बिका काफ्लेले संविधानमा भएका अधिकार पूर्ण रुपमा अझै पनि कार्यान्वयन हुन नसकेको बताइन् । 

    कार्यक्रममा पार्टीका केन्द्रीय सावित्रा वि.क., लुम्बिनी प्रदेश कार्यबाहक अध्यक्ष रामअवतार यादव, प्रदेश कोषाध्यक्ष तथा रोहिणी गाउँपालिका, रुपन्देहीका अध्यक्ष विद्या प्रसाद यादव, जसपा नेपाल पश्चिम नवलपरासीका अध्यक्ष धरेन्द्र यादव, समाजवादी विद्यार्थी युनियन नेपालका सचिव तथा लुम्बिनी प्रदेश अध्यक्ष राहुल यादव लगायतले बोलेका थिए ।

    जसपा रुपन्देहीका अध्यक्ष सियाराम यादवको अध्यक्षता, जिल्ला उपाध्यक्ष कलामुद्दीन खाँको स्वागत तथा सचिव विष्णु प्रसाद अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य कैलाश गुरुङ, निलम यादवसहित विभिन्न पार्टी परित्याग गरी २ सय जना बढी जसपा नेपालमा प्रवेश गरेको पार्टीको रुपन्देही अध्यक्ष सियाराम यादवले बताए । 

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    उपेन्द्र यादव जसपा नेपाल
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    २०८३ कार्तिक ११, मंगलवार १७:१५ गते

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ रिहा

    २०८३ कार्तिक ११, मंगलवार १७:०२ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.