


भैरहवा, १० चैत। सामूहिक विद्यालय परिवार रुपन्देहीको अध्यक्षमा समसाद इद्रिसी सर्वसम्मत निर्वाचित भएका छन्।
विद्यालय परिवारको २४ औं साधारण सभा तथा अधिवेशनले समसाद इद्रिसीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो।

उपाध्यक्षमा चन्द्र प्रकाश न्यौपाने, सचिवमा प्रमोद यादव, कोषाध्यक्षमा राजेश यादव र सह–सचिवमा दिपक थापा निर्वाचित भएका छन्। त्यस्तै सदस्यहरुमा सफल बस्नेत, प्रेम क्षेत्री र कमल कोइराला निर्वाचित भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि महेश भुर्तेल, पूर्व अध्यक्षहरु राजकुमार गुरुङ, गोकुल पोखरेल, मनोज कुमार यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधारण सभाले सचिव सृजना पाठकको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष प्रमोद यादवको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको थियो । ०५९ सालमा स्थापना भएको सामूहिक विद्यालय परिवारमा हाल २० वटा विद्यालयहरु आबद्ध छन् ।

