


काठमाडौ, १३ चैत। नकेपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीले सदनमा जवाफ नदिएसम्म बैठक चल्न नदिने चेतावनी दिएका छन्
संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रधानमन्त्रीले सदनमा आएर चित्तबुझ्दो जवाफ दिएमात्रै सदन खुल्ने बताए ।

उनले भने, “हामीले प्रधानमन्त्रीले संसदको रोष्ट्रममा आएर जवाफ नदिएसम्म हाउस चल्न सक्दैन भनेका छौं। प्रधानमन्त्रीले यसलाई सहज ढंगले लिनुपर्ने हुन्छ उहाँले स्पष्टीकरण दिनुपर्ने हुन्छ। स्पष्टीकरण चित्तबुझ्दो भए तुरुन्तै हाउस चल्छ । स्पष्टीकरण पनि जालझेलको भयो भने आन्दोलन अगाडि बढ्छ ।”

