
काठमाडौं,१४ चैत। काठमाडौंमा प्रहरीले सुनका गहनाका सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–५ निवासी तथा हाल कलंकीमा बस्दै आएका दिपेशलाल चित्रकार रहेको प्रहरीले जनाएको छ।
प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौँ महानगरपालिका–१५ स्थित आनन्दकुटीबाट उनलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार आरोपीको साथबाट नौगेडी ११ थान, सिङ्गल गेडी माला ७ थान, क्रिस्टलसहितको सुनको माला १३ थान, मङ्गलसूत्र ६ थान, सोली गेडी १ थान, टप ३ थान, क्लिप ९ थानसहित १४ प्रकारका गहना रहेका छन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

प्रहरी अनुसन्धान अनुसार पक्राउ परेको व्यक्तिले अवैध रुपमा भित्र्याइएको सुनबाट गहना तयार गरी बिक्री गर्दै आएका थिए । गहना बेच्न खोज्दै गर्दा पक्राउ परेका उनलाई प्रहरीले राजस्व अनुसन्धान विभाग हरिहर भवनमा बुझाएको प्रहरीले जनाएको छ।

