
भैरहवा, १५ चैत। नेपालको स्थानीय बजारमा शुक्रवार पनि सुनको मूल्य बढेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्यमा १ हजार ४ सय रुपैयाँको वृद्धि भएको छ।
बिहीबार प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रवार १ लाख ७६ हजार २ सय रुपैयाँमा कारोबार नेपाल सुनचाँदी महासंघले जनाएको छ। यो हालसम्मकै उच्च मूल्य हो।
Advertisement

Advertisement
Advertisement

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी शुक्रवार प्रतितोला २ हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
कमेन्ट गर्नुस्

