


काठमाडौ, १५चैत। काठमाडौंमा गणतन्त्रवादी र राजावादी पक्षधरहरुको छुट्टाछट्टै प्रर्दशनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) का परीक्षार्थी र केन्द्रअध्यहरु समस्यामा परेका छन्। प्रर्दशनका कारण सवारीसाधन संचालनमा अवरोध पुग्दा उनीहरुलाई फर्किन समस्या परेको हो।
बिहान एघार बजे परिक्षा सकाएर परिक्षार्थी र केन्द्रअध्यहरु घर फर्किन लागेका थिए । तर, सवारीसाधन चल्न नदिदाँ उनीहरु परिक्षाकेन्द्र र बाटोमा अलपत्र परेका छन् ।

अधिकांश केन्द्राध्यक्ष र परीक्षार्थीका अभिभावकहरुले काठमाडौं महानगरपालिकाले घर पुर्याइदिने भएपछि धमाधम सम्पर्क गरिरहेका छन्। एसइई परीक्षाकै बेला यसरी आन्दोलन भएपछि चौतर्फी आलोचना भइरहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले एसइई सञ्चालन संचालनको अवस्थामा आन्दोलन गर्नु उचित नरहेको र सबैले यसमा वेवास्ता गरेको बताएकी छिन्। शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले परीक्षाको समयमा सबै जिम्मेवार र सजग भइदिन आग्रह गरेको छ।

