


काठमाडौं,१५ चैत। गृह मन्त्रालयले काठमाडौंको तिनकुने क्षेत्रमा राजावादीहरुको प्रर्दशनले निम्तिएको अवस्थाको जिम्मेवार दुर्गा प्रसाई भएको बताएको छ।
शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा गृह प्रवक्ता रामचन्द्र तिवारीले भने,‘हामीले पाएको जानकारी अनुसार आन्दोलनको नेतृत्व दुर्गा प्रसाईले गरेको हुनाले उहाँ नै मूलभूत रुपमा यो घटनाप्रति जिम्मेवार हुनुहुन्छ ।’

आन्दोलनकारीले प्रदर्शनका क्रममा अराजकता देखाएको पनि मन्त्रालयले निष्कर्ष निकालेको छ। आन्दोलनमा जे जति क्षति भएको छ आयोजकको तर्फबाट प्रसाईले नै जिम्मा लिनुपर्ने मन्त्रालयले बतायो।
राजतन्त्र फर्काउनुपर्ने मागसहित प्रसाईको नेतृत्वमा शुक्रबार राजावादीको प्रदर्शन हुँदा तोडफोड र आजगनीको घटना भएका थिए । उता राप्रपाका नेताहरुले आजका घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्।

