
बारा,१६चैत। सशस्त्र प्रहरीले बाराको सिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकबाट ८ किलो लागूऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–१२ रमनटारका ४४ वर्षीय मिलन भोलान र ४७ वर्षिय गोपाल प्रसाद गौतम रहेको सशस्त्र प्रहरीले जनाएको छ।
Advertisement

Advertisement
Advertisement

सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोले हेटौडाबाट विरगंजतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–०२९ च ५४१४ नम्बरको ईलेक्ट्रिक गाडी चेकजाँच गर्दा उनीहरुलाई अफिमसहित पक्राउ गरेकोे हो। साथै, उनीहरुको साथबाट ६३ हजार ३ सय ६० नेपाल रुपैयाँ, ३ थान मोवाईल लगायतका सामानहरु समेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

