
भैरहवा, १७ चैत। नेपालको स्थानीय बजार सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ। आइतबार पनि सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ७६ हजार ८०० रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।
Advertisement

Advertisement
Advertisement

गत शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७६ हजार २०० रुपैयाँ कायम भएको थियो। महासंघका अनुसार चाँदीको मूल्य आइतबार १५ रुपैयाँले घटेर २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ।
कमेन्ट गर्नुस्

