
भैरहवा, १९ चैत। प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहराको पार्थीव शरीर भैरहवा ल्याईने भएको छ।
मंगलबार काठमाडौंको ओम अस्पतालमा बिहान १०:५० बजे निधन भएका बोेहराको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि उनको गृहनगर भैरहवा ल्याउन लागिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका उपाध्यक्ष अजयकुमार गुप्ताले जानकारी दिए ।
Advertisement

Advertisement
Advertisement

हेलिकप्टर मार्फत दिउँसो साढे २ बजे उनको पार्थिव शरीर भैरहवास्थित उनको निवासमा ल्याइने छ। तर, शवको अन्त्येष्टि पुनः काठमाडौं लगेर पशुपति आर्यघाटमा गर्ने वा कहाँ गर्ने ? विषयमा अझै पारिवारिक छलफल भइरहेको बुझिएको छ।

