


भैरहवा, १९ चैत। प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहराको निधन भएको छ ।
मंगलबार काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा बिहान बिहान १०ः५० बजे उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ।

पूर्वमन्त्री समेत रहेका बोहराको पार्थिव शरिर काठमाडौंबाट उनको गृह नगर भैरहवा ल्याउने तयारी रहेको र यस विषयमा अझै पारिवारिक छलफल भइरहेको बुझिएको छ।
उनी रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् । कोरोना महामारीको दोस्रो लहरमा संक्रमित भएका बोहराको केही समयपछि स्वरमा केही परिवर्तन देखिएको थियो। पोस्ट कोभिडका कारण घाँटीमा क्यान्सर भएको उनको स्पीच थेरापी उपचार हुँदै आएको थियो।

