
भैरहवा, १९ चैत। रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद दीपक बोहराको पार्थीव शरीर भैरहवा ल्याइएको छ। मंगलबार बिहान काठमाडौंको ओम अस्पतालको उपचारको क्रममा उनको निधन भएको थियो । श्रद्धान्जलीका लागि उनको पार्थीव शरीर गृहनगर भैरहवामा ल्याइएको हो।
श्रद्धान्जलीका लागि मंगलबार उनको शव आफ्नै निवास (पार्टी कार्यालय) मा राखिने र भोलि (बुधवार) बिहान काठमाडौँस्थित पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धान्जलीका लागि राखेर आर्यघाटमा अन्तिम संस्कार गरिने राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताले जानकारी दिए। उनका अनुसार अन्त्येष्टिका लागि पार्थिव शरीर पुनः मंगलबार साँझ काठमाडौं लगिने छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोना महामारीको दोस्रो लहरमा संक्रमित भएका बोहराको केही समयपछि स्वरमा केही परिवर्तन देखिएको थियो। पोस्ट कोभिडका कारण घाँटीमा क्यान्सर भएको उनको स्पीच थेरापी उपचार हुँदै आएको थियो।

