


काठमाडौं,२० चैत। प्रहरीले भारतीय गुण्डानाईके लरेन्स विश्नोई र अनमोल विश्नोईको नाम लिएर फिरौती मागेको आरोपमा एक नेपाली युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुर्खेतको भेरीगंगा नगरपालिका–७ का ४१ वर्षीय रामबहादुर बिसी (बुढा क्षेत्री) रहेको प्रहरीले जनाएको छ।
उनलाई बाँकेको कोहलपुरबाट प्रहरीले पक्राउ गरेको हो। कोहलपुरका डीएसपी धर्मराज भण्डारीका अनुसार बिसीले विदेशी नम्बरबाट ह्वाट्सएपमार्फत पाँच करोड भारतीय रुपैयाँ (८ करोड ने.रु) फिरौती मागेका थिए।

बिसीविरुद्ध यसअघि पनि अपराधिक गतिविधिमा संग्लनको रहेकोले अनेक मुद्दाहरु दर्ता भएका छन् । उनी माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतलाई गोली हान्ने घटनामा संलग्न भई ५ वर्ष कैद भुक्तान गरिसकेका व्यक्ति हुन् । यसअघि पनि उनले अपराधी समूहमा आबद्ध भई विभिन्न गैरकानुनी कार्यहरु गर्दै आएको प्रहरीले जनाएको छ ।

