Close Menu
    What's Hot

    चाडपर्वमा प्लास्टिकका फूल-माला प्रयोग नगर्न सिद्धार्थनगरको आग्रह

    २०८३ कार्तिक १७, सोमबार १४:०७ गते

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    २०८३ कार्तिक २०, बिहीबार ११:४१ गते

    मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

    २०८३ कार्तिक १९, बुधबार १६:४२ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    अर्थ

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    क्लिक लुम्बिनी२०८३ कार्तिक २०, बिहीबार ११:४१ गते0
    विशेष

    मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार १६:४२ गते0
    अर्थ

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार १२:४७ गते0
    अर्थ

    राष्ट्र बैंकले भोलिदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार ११:४७ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भैरहवामा पहिलो पटक राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण
    खेलकुद

    भैरहवामा पहिलो पटक राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ चैत्र २०, बुधबार १९:४० गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २० चैत। रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा पहिलो पटक राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुको प्रशिक्षण सुरु भएको छ। आगामी हप्तादेखि हङकङमा हुने चारदेशिय टी–२० सिरिजमा उत्कृष्ट प्रर्दशनका लागि खेलाडीहरुको बन्द प्रशिक्षण भैरहवामा सुरु भएको हो। रोहितकुमार पौडेलको कप्तानीमा रहेको राष्ट्रिय क्रिकेट टिमलाई नेपाली टिमका प्रशिक्षक ज्ञानेन्द्र मल्लले प्रशिक्षण दिनेछन् ।

    रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले खानपिन र अनुशासनमा रहेर खेले अहिलेको राष्ट्रिय टिमका सदस्यहरुले अझै १० वर्ष खेल्ने विश्वास व्यक्त गरे । ‘तपाईंहरु राष्ट्रका गहना हो’, उनले भने, ‘त्यसैले तपाईंहरुले सफलता पाउँदा होस् वा नपाउँदा होस् सबै नेपालीहरु साथमा छन् । यसपटक सफलता हात पर्नेमा हामी विश्वस्त छौं ।’

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले नेपालको क्रिकेटले पछिल्लो समय गरेको प्रगती गर्व गर्न लायक रहेको जनाए । प्रशिक्षक ज्ञानेन्द्र मल्लले हङकङमा हुने सिरिज यसपटक नेपाल ल्याउने लक्ष्य रहेको जनाए ।

    राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलले टिमले एकजुट भएर राम्रो प्रदर्शन गरी सिरिज जित्ने लक्ष्य राखेको बताए । उनले भर्खरै प्रधानमन्त्री कप सम्पन्न भएकाले त्यसबाट धेरै खेलाडीहरुको अभ्यास समेत भएकाले जति सक्दो राम्रो गर्ने आफूहरुको लक्ष्य रहेको जनाए ।

    प्रशिक्षणमा रोहितकुमार पौडेल, कुशल भूर्तेल, आशिफ शेख, किरणकुमार ठगुन्ना, लोकेश बम, बसिर अहम्मद, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सोमपाल कामी, करण केसी, कमलसिंह ऐरी, नन्दन यादव, रिजन ढकाल, गुलशनकुमार झा, अर्जुन घर्ती, कुशल मल्ल, रुपेश सिंह, दीपेन्द्र रावत, शाहब आलम र विवेक यादव सहभागी छन् ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    क्रिकेट खेलाडी प्रशिक्षण भैरहवा रुपन्देही क्रिकेट संघ
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    २०८३ कार्तिक १९, बुधबार १२:४७ गते

    राष्ट्र बैंकले भोलिदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

    २०८३ कार्तिक १९, बुधबार ११:४७ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.