


काठमाडौं, २० चैत। काठमाडौंको झोरमा ट्रकमा फेला परेको २५ करोड बराबरको डलर र युरोको मालिकको पहिचान खुलेको छ।
राजस्व अनुसन्धान विभागका अनुसार उक्त रकम सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई हाल टोखा नगरपालिका–१० मा बसोबास गर्ने नारायण पौडेलको हो। पौडेललाई पक्राउ गर्न अदालतबाट पुर्जी जारी भइसकेको छ।

गत चैत ४ गते राति ना ७ ख १६५२ नम्बरको ट्रकमा रकम लैजाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीय चालक कुसान लामालाई पक्राउ गरेको थियो।
चालक लामाले ट्रकको चालक सिट पछाडि फल्स बटम बनाएर रकम लुकाएको अवस्थामा प्रहरीले रकम बरामद गरेको थियो।

