Close Menu
    What's Hot

    पार्टी र सरकारबीच द्वन्द्व छैन, कार्यकर्ताले राजनीतिक संस्कार अपनाउनू : रवि लामिछाने

    २०८३ कार्तिक २१, शुक्रबार २२:५६ गते

    पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सिफारिस

    २०८३ कार्तिक २१, शुक्रबार २२:४० गते

    बोकाको भाडाले विवाद कुटपिटसम्म, दुई जना प्रहरी नियन्त्रणमा

    २०८३ कार्तिक २१, शुक्रबार २२:२९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    पार्टी र सरकारबीच द्वन्द्व छैन, कार्यकर्ताले राजनीतिक संस्कार अपनाउनू : रवि लामिछाने

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २२:५६ गते0
    प्रमुख समाचार

    पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सिफारिस

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २२:४० गते0
    प्रमुख समाचार

    बोकाको भाडाले विवाद कुटपिटसम्म, दुई जना प्रहरी नियन्त्रणमा

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २२:२९ गते0
    फोकस लुम्बिनी

    आनी छोइङको नियुक्ति विरुद्ध लुम्बिनीमा प्रदर्शन

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २१:२८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » लुम्बिनी प्रदेश सरकारले आगामी वर्ष घाटा बजेट नल्याउने
    अर्थ

    लुम्बिनी प्रदेश सरकारले आगामी वर्ष घाटा बजेट नल्याउने

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ चैत्र २०, बुधबार २३:३८ गते
    advertisement
    advertisement
    advertisement

    दाङ, २० चैत। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले घाटा बजेट नल्याउने दावी गरेका छन्। प्रदेश विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले घाटा बजेट नल्याउने र बजेटको आकार पनि घट्ने भएकाले सोहीअनुसार तयारी गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

    उनले नीति तथा कार्यक्रम र बजेट बनाउँदा हरेक मन्त्रालयले जनताको मन छुने गरी योजनाहरु समेट्न आग्रह गरे। ‘आउँदो वर्षको बजेट घाटा बजेट हुनेछैन । ३२/३३ अर्बको हाराहारीमा बजेट आउँछ,’उनले भने, ‘वास्तविक धरातलमा उभिएर बजेट बनाउनुपर्छ। प्रदेश सरकारलाई लयमा हिँडाउन जिम्मेवार भएर सरकार अघि बढ्छ।’

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    प्रदेश सरकारले जनताको मन छुने योजना बजेटमा समेटिने र त्यसका लागि गृहकार्यमा जुट्न उनले निर्देशन दिए। ‘जनतामा निराशा होइन, आशा जगाउने खालका योजना ल्याउन जरुरी छ । मन छुने योजनाहरु समेट्न आवश्यक छ,’ उनले भने, ‘प्रदेश स्थापना भएपछि अघिको अवस्था कस्तो थियो र अहिलेको अवस्था के छ भन्नेबारेमा समेत तुलना गरेर योजना अघि सार्न जरुरी छ।’

    बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले व्यक्ति योजना माग्न आउने प्रवृत्तिको अन्त्य गर्ने र प्रणालीलाई चुस्त बनाउनुपर्ने बताए। प्रदेश स्थापना भएपछि कार्यान्वयन भएका योजनाहरूको पहिचान गर्न जरुरी रहेको र यसका लागि पनि काम गर्नुपर्ने उनले बताए ।

    प्रदेश सरकारका प्रवक्ता एवं कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जनताको भावनालाई सम्बोधन गर्ने गरी कामको गतिलाई बढाउन जरुरी रहेको बताए। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, वन तथा वातावरण मन्त्री देवकरण कलवार, प्रमुख सचिव बाबुराम अधिकारी लगायत मन्त्रालयका सचिव तथा विभिन्न क्षेत्रका विज्ञहरुले सुझावसहितको धारणा राखेका थिए।

    योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले प्रदेश विकास समस्या समाधान समितिको बैठकमा चालु आर्थिक वर्षको हालसम्मको अवस्था, उपलब्धी र आगामी योजनासहितको विषय प्रस्तुत गरेका थिए।

    बैठकमा आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा साना तथा टुक्रे आयोजनालाई निरुत्साहित गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने, आयोजनाहरूको प्राथमिकीकरण गर्नुपर्ने लगायतका विषयबारे छलफल भएको थियो ।

    चालु आर्थिक वर्षमा पाँच लाखभन्दा कम बजेट विनियोजन भएका ४ हजार ३ सय ९२ आयोजना रहेका छन् भने १० लाखभन्दा कम बजेट भएका ८ हजार २ सय ६ वटा आयोजना रहेका छन्। टुक्रे आयोजना धेरै हुँदा कार्यान्वयनमा समस्या देखिएपछि सरकारले निरुत्साहित गर्ने रणनीति अवलम्बन गर्न थालेको हो।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    बजेट लुम्बिनी प्रदेश लुम्बिनी प्रदेश बजेट
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    पार्टी र सरकारबीच द्वन्द्व छैन, कार्यकर्ताले राजनीतिक संस्कार अपनाउनू : रवि लामिछाने

    २०८३ कार्तिक २१, शुक्रबार २२:५६ गते

    पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सिफारिस

    २०८३ कार्तिक २१, शुक्रबार २२:४० गते

    आनी छोइङको नियुक्ति विरुद्ध लुम्बिनीमा प्रदर्शन

    २०८३ कार्तिक २१, शुक्रबार २१:२८ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.