
भैरहवा, २१ चैत। जनता समाजवादी पार्टी (जसपा), नेपालको भातृ संगठन समाजवादी विद्यार्थी युनियन, नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भैरहवामा हुने भएको छ। युनियनको महासधिवेशन अगामी चैत २३ र २४ गते आयोजना गरिएको छ।
बिहीवार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष एवं संयोजक रमेश यादवले महाधिवेशनमा देशभरबाट ७ सय प्रतिनिधि र १ सय जना प्रयवेक्षक, स्वयंसेवकहरुको सहभागिता रहने बताए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

चैत २३ गते शनिबार भैरहवास्थित पटवा बैंक्वेटमा हुने महाधिवेशनको उद्घाटन सत्रमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, उपाध्यक्ष राजकिशोर यादव, महासचिव एवं पूर्वमुख्यमन्त्री मोहम्मद लालबाबु राउत, महासचिव एवं लुम्बिनी प्रदेश इञ्चार्ज रामकुमार शर्मा लगायतका नेताहरुको उपस्थिति रहने संयोजक यादवले जानकारी दिए। मुलुकमा
शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने उनको भनाई छ।
नेपालको शिक्षा प्रणालीलाई मौलिकता, संघीयता र रैथाने सामाजिक परिवेशनसँग जोड्न संघीय समाजवादी शिक्षा प्रणालीलाई शैक्षिक मुद्दाको रुपमा र सामाजिक न्याय, समानता, पहिचानमा आधारित राज्य संरचना र गणतन्त्र एवं धर्मनिरपेक्षताको विषयहरुलाई राजनीतिक मुद्दाको रुपमा अगाडि सारेको महाधिवेशन आयोजक समितिका सह–संयोजक एवं विद्यार्थी युनियनका उपाध्यक्ष संजय राईले बताए। गौतमबुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवामा राष्ट्रिय महाधिवेशन आयोजना गर्न पाउँदा खुसी लागेको उनले बताए ।
जसपा नेपालका केन्द्रीय सदस्य एवं पार्टीको युवा, विद्यार्थी तथा खेलकुद विभाग प्रमुख विन्देश्वर यादव (बिक्की) ले राजनीति भन्दा बाहिर समाज जान नसक्ने भएकाले विद्यार्थी राजनीतिको महत्व बढ्दै गएको बताए ।
‘शिक्षा, स्वास्थ्य र रोजगार विद्यार्थीको अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्र हाम्रो आधार’ भन्ने मूल नाराका साथ प्रथम महाधिवेशन आयोजना गर्न लागिएको समाजवादी विद्यार्थी युनियन, नेपालका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश अध्यक्ष राहुल यादवले बताए ।
पत्रकार सम्मेलनमा जसपा नेपालका केन्द्रीय सदस्य सावित्रा वि.क., रीता यादव, लुम्बिनी प्रदेश अध्यक्ष राम अवतार यादव, प्रदेश कोषाध्यक्ष एवं रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादव, सचिव विष्णु अधिकारी लगायतको उपस्थिति थियो ।

