


काठमाडौं,२२ चैत। सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले गत शुक्रबार तीनकुनेमा भएको घटनामा आवश्यकताको आधारमा बल प्रयोग गरिएको बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार भएको बैठकमा उनले आन्दोलनका बेला सुरक्षाकर्मीले बल प्रयोग गरे पनि नगरे पनि प्रश्न उठ्ने बताए ।

उनले घाइते भएका सुरक्षाकर्मीहरुलाई अस्पताल पुर्याउन राजावादी आन्दोलनका प्रदर्शनकारीहरुले अवरोध पुर्याएको, ग्याँस गन लुटेको लगायतका घटना विवरण सुनाउँदै कम क्षतिमा स्थिति नियन्त्रणमा लिने प्रयास भएको बताए ।

