


भैरहवा, २३ चैत। उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश पछि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेलाई सोमबार कारागार पठाइने भएको छ।
पक्राउ गरेर भैरहवा ल्याइएका लामिछानेलाई सार्वजनिक विदाका कारण शनिवार र आइतबार जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिने र सोमबार अदालतमा पेश गरेर कारागार चलान गरिने रुपन्देहीका एसपी रंजितसिंह राठौरले बताए।

‘आज र भोली सार्वजनिक बिदा छ। सोमबार अदालत खुलेपछि त्यहाँ पेस गर्छौ’, उनले क्लिक लुम्बिनीसँग भने, ‘त्यसपछि कारागार पठाइने छ । दुई दिन जिल्ला प्रहरी कार्यालयको हिरासतमा राख्छौं ।’
सहकारी ठगी र संगठित अपराध मुद्दामा गत माभ १३ गते थुनछेक बहसपछि जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश गरेको थियो।
आदेश चित्त नबुझेकोले पुनरावेदनका लागि जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले प्रतिवादीलाई पूर्पक्षका लागि थुनामा राख्नुपर्ने र लामिछानेले धरौटी खारेजीको माग गर्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासमा निवेदन दिएका थिए।
शुक्रवार न्यायाधीश शुक्रवार न्यायाधीश रमेश ढकाल र स्वीकृती पराजुलीको ईजलासले जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो।

