
दाङ, २५ चैत । लुम्बिनी प्रदेश सरकार अन्तर्गत उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले सिंचाइ दिवसको अवसरमा कार्यसम्पादनको आधारमा जल उपभोक्ता समूह, कार्यालय प्रमुख तथा कर्मचारीहरुलाई सम्मान गरेको छ।
मुख्यमन्त्री चेतनारायण आचार्य र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरीले सम्मान प्रदान गरेका हुन्। मन्त्रालयले उत्कृष्ट जल उपभोक्ता समूह, कार्यालय प्रमुख, कर्मचारी र निर्माण व्यवसायीको मूल्यांकन गरी सम्मान गरेको हो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, रोल्पाका वरिष्ठ इञ्जिनियर प्रविण कुमार उत्कृष्ट कार्यालय प्रमुखका रूपमा सम्मानित भएका छन्। त्यस्तै भूमिगत जलस्रोत तथा सिंचाइ डिभिजन विकास कार्यालय बाँकेमा कार्यरत वरिष्ठ हाइड्रोजियोलोजिष्ट मधु न्यौपाने र रुपन्देहीका मेकानिकल अधिकृत नारायण प्रसाद पन्थी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, अर्घाखाँचीका प्राविधिक अधिकृत वीर बहादुर विसी, उर्जा मन्त्रालयका कार्यालय सहयोगी गुणानिधि पन्थीलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको छ।
यस्तै जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय दाङ अन्तर्गत झुमरे कट्कुइयाँ कुलो सिंचाइ योजना तुलसीपुर ८ र ९ लाई उत्कृष्ट उपभोक्ता संस्था र भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बुटवलको सिफारिसमा नवलपरासीस्थित ज्योति कन्स्ट्रक्सनलाई उत्कृष्ट निर्माण व्यवसायीका रुपमा सम्मानित गरिएको छ।
कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रदेशको समृद्धि र समावेशी विकासमा यस्ता संस्थागत तथा व्यक्तिगत योगदानहरु प्रेरणादायी रहेको उल्लेख गरे ।

