
बुटवल २६ चैत। विश्व स्वास्थ्य दिवसका अवसरमा बुटवल हस्पिटल प्रा लिले रक्तदान कार्यक्रम गरेको छ। पछिल्लो समय रगतको अभाव समस्यालाई मध्यनजर गर्दै हस्पिटलले दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको हो।
रक्तदान जीवनदान भन्ने नाराका साथ आयोजना गरिएको रक्तदानमा ६४ पिन्ट रगत संकलन भएको हस्पिटलले जनाएको छ । बुटवल हस्पिटलले नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

वार्षिक कार्यक्रम अुनसार आयोजित रक्तदान कार्यक्रममा हस्पिटलका चिकित्सक, नर्सिङ स्टाफ, अन्य मेडिकल तथा प्रशासनका कर्मचारी,सरसफाईकर्मी, सुरक्षाकर्मी, क्यान्टीनका कर्मचारी, विरामीका आफन्त तथा शुभेच्छुकहरुले रक्तदान गरेका थिए।।
रक्तदानमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै अस्पतालका अध्यक्ष चुन्न प्रसादपौडेलले अस्पतालहरुमा रगतको अभाव रहेको विषयलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए।

उनले रगतदानले बिरामीको ज्यान बच्न सक्छ भन्ने भावनाका विकास गर्नका लागि पनि हस्पिटलले नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको बताए। एक सय शैय्या संचालनमा रहेको बुटवल हस्पिटल प्रालिले रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा कार्यक्रम गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.कृष्ण प्रसाद खनालले जानकारी दिए।

