
काठमाडौं, २६ चैत। ठग र ठगीका पनि अनेक घटना छन् । सर्वसाधरणलाई झुक्काएर कसरी हुन्छ ठग्ने ठगहरुको पेश नै हो । भारतमा नटवरलालको रुपमा परिचित मिथिलेस कुमार श्रीवास्तवले तत्कालिन भारतीय राष्ट्रपतिको किर्ते हस्तक्षर गरी भारतको ताजमहल, लाल किल्ला र राष्ट्रपति भवन नै बेचिदिएका थिए।
यस्तै घटना राजधानी काठमाडौंमा भएको छ । नभएको जग्गाको आफ्नो भनी देखाएर एक व्यक्तिले पीडकसँग बैना गरेर साढे ४५ लाख रुपैयाँ बुझेका छन् । सस्तो मूल्यमा घडेरी रहेको र घर बनाउन पनि मिल्ने भन्दै उनले बैना कागज गराएका थिए।
Advertisement

Advertisement
Advertisement

तर, पछि मालपोत कार्यालयको अभिलेखमा हेर्दा जग्गा दर्ता नदेखिएपछि आफु ठगीएको भन्दै पीडकले रकम बुझ्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ दक्षिण ढोकाका ४३ वर्षीय रामकुमार चौलागाईंलाईे विरुद्ध उजुरी दिएका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले साढे ४५ लाख रुपैयाँ ठगी गरेको अरोपमा चौलागाईँलाई पक्राउ गरेको जनाएको छ। उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीक अनुसार चौलागाईंविरुद्ध जिल्ला प्रहरी परिसर तथा मातहतका विभिन्न प्रहरी कार्यालयमा आठ वटा ठगी तथा बैंकिङ कसुर सम्बन्धी मुद्दा दर्ता छन्। जसमा १ करोड ७४ लाख ८५ हजार रुपैयाँ बिगो रहेको छ।

