
मनोरञ्जन शर्मा
भैरहवा,२६ चैत। नेपाली नयाँ बर्ष २०८२ लाई लक्षित गर्दै भैरहवाको पहिलो तारे होटल नान्सले सांगितिक कार्यक्रम सहितका कार्यक्रम आयोजना गरिएको। नेपाली नयाँ वर्षमा आन्तरिक एवं बाह्य पर्यटन साथै स्थानीयय सर्वसाधरणलाई लक्षित गर्दै चैत ३१ गते साँझ ६ बजे देखि मध्यरात सम्म कार्यक्रम आयोजना गरिएको नान्स होटलका महाप्रबन्धक सुनिल श्रेष्ठले बताए।
Advertisement

Advertisement
Advertisement

होटलको स्विमिङ पुल क्षेत्रमा सांगितिक माहोल सहितको कार्यक्रम आयोजना हुनेछ। उनका अनुसार सांगितिक कार्यक्रममा यमन ब्यान्डको प्रस्तुती साथै चर्चित डान्सर अभिषा राई,प्रशंसा क्षेत्रीको नृत्य कार्यक्रम समेत रहेको छ। इभको सांगितिक कार्यक्रममा सहभागी हुन प्रवेश निशुल्क रहेको र आफुलाई मनपर्ने बिभिन्न खानाका परिकार मेनु अनुसार खान सकिने उनले बताए।
उता होटलमा बस्न आउने ग्राहकका लागि एक रातको ७ हजार ५ सय रुपैयाँको प्याकेज अफर ल्याइएको छ। अफर अनुसार एक रात बास बसेको, रात्री बफेट डिनर र बिहानको ब्रेकफास्ट सो रकममा २ जना (कपल) को लागी उपलब्ध रहेको होटलले जनाएको छ।
भैरहवाको देवकोटा चोक स्थित नान्स होटलमा कपलको लागि आर्कषक डिलक्स रुम, स्वागतम पेय पदार्थबाट साथै रेष्टुरेण्ट फुड्मा २० प्रतिशत सम्म छुट उपलब्ध गराएको र आन्तरिक पर्यटक लक्षित यो योजना चैत मसान्त देखि २०८२ बैशाख ३ गते सम्म लागू हुने बताइएको छ।
होटलमा स्विट र डिलक्स गरी ६० कोठा रहेको छ भने कुची भ्वय नामको नेवारी रेष्ट्रो, क्याफे थर्टिन्थ स्ट्रिट नामको २४ घन्टे क्याफे सप, होटल परिसरमा क्यासिनो प्याराडाइज सञ्चालनमा छ ।

