


नवलपुर,२६चैत। नारायणी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन्। नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोट नगरपालिका-१ स्थित ब्रिटिस क्याम्प नजिकै सोही वडाका १३ वर्षीया दीक्षा सेर्पुञ्जा र नौ वर्षीय स्वप्निल सेर्पुञ्जा मंगलबार साँझ नदीमा डुबेर बेपत्ता भएको ईलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ। नातामा दुई जना दिदीभाई हुन् ।
हजुरआमासँग नदीमा गएर फर्किने क्रममा हजुरआमाको छुटेको चप्पल लिन जाँदा नदीमा डुबेर बेपत्ता भएको बताइएको छ । भाइ नदीमा गएपछि दिदीले उद्धार गर्न खोज्दा दिदी पनि बेपत्ता भएको जानकारी प्राप्त भएको ईलाका प्रहरी कार्यालय गैँडाकोट निमित्त प्रमुख प्रहरी नायब निरीक्षक सानुकाजी विष्टले बताए।

आजको लागि खोजीकार्य रोकिएको र भोलि बिहानदेखि गोताखोरको टोलीसहित खोजी गरिने प्रहरीले जनाएको छ।

