


काठमाडौं,२७ चैत। अपराध गरेपश्चात साधुको भेषमा बसेका एक प्रतिवादीलाई प्रहरीले १७ पछि पक्राउ गरेका छ। पक्राउ पर्नेमा पर्साको विन्दवासिनी गाउँपालिका-२ का ६२ वर्षीय लोकनाथ साह तेली रहेको प्रहरीले जनाएको छ।
०६४ वैशाख २५ गते तेलिले साविकको बहुअर्वाभाठा गाविस-५ बस्ने ढोडा मुखिया विनलाई जग्गा सम्बन्धी विवादका विषयमा छलफल गर्न बोलाई गोली प्रहार गरी हत्या गरेका फरार भएका थिए।

सर्वोच्च अदालतको ०६९ कात्तिक २४ गतेको फैसला आदेशले साविक मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १३ (१) बमोजिम सर्वस्वसहित जन्मकैद ठहर भएको थियो।
प्रहरीका अनुसार हत्यापश्चात फरार रहेका उनी भारतस्थित चम्पारण पिपरियामा रहेको रामजानकी मन्दिरमा पुजारीका रुपमा १० वर्षदेखि साधुको भेषधारण गरी लुकिछिपी बस्दै आएका थिए।
प्रहरीले उनलाई पर्सा जिल्लाको वीरगन्जबाट पक्राउ गरेर फैसला कार्यान्वयनका लागि पर्सा जिल्ला अदालतमा पेश गरे पश्चात सजाए भुक्तानका लागि उनलाई कारागार पठाइएको छ।

