


भैरहवा, २८चैत। नेपालको स्थानीय बजारमा सुन प्रतितोला एकैदिनमा ५ हजार ७ सय रुपैयाँले वृद्धि भएको छ । यससँगै सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बिहीवार मूल्य वृद्धिसँगै सुनको प्रतितोला १ लाख ८१ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बधुबार २ हजार रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि चैत्र २१ गते एक तोला सुनको मूल्य १ लाख ८० हजार ३०० पुगेर ऐतिहासिक रेकर्ड बनाएको थियो। त्यसपछि क्रमश घट्दै गएको सुन आज भारी मूल्यले वृद्धि भएको हो।
सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला १९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार प्रतितोला चाँदीको मूल्य १८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

