
नवलपुर,२८ चैत। गएराति देखिको निरन्तर वर्षाको कारण बाटो हिलाम्मे हुँदा दाउन्ने सडकखण्ड अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा सयौं सवारी साधन र यात्रुहरु अलपत्र परेका छन्।
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने सडक खण्डमा वर्षाको कारण बाटो हिलो र चिप्लो भई सवारी साधनहरु आवतजावत गर्न कठिनाई भएपछि सडकखण्ड अवरुद्ध भएको हो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी निरीक्षक जनक बन्जाराका अनुसार दाउन्ने खण्डमा सडकको निर्माण कार्य भइरहेकोले वर्षाका सडक हिलाम्मे हुँदा सवारीसाधन संचालनमा कठिनाई हुँदा सडक अवरुद्ध हुन पुगेको हो।
दाउन्ने क्षेत्रमा बुधवार देखि चैत ३१ गते सम्मका लागि दिनको ११ बजे देखि ३ बजे सम्म सवारी आवागमन बन्द गरेर मर्मत कार्य सुरु गरिएको थियो।
त्यस्तै वैशाख १ गते देखि १५ गते सम्म राति ११ बजेदेखि बिहान ५ बजे सम्म सडकखण्ड बन्द रहने नारायणगढ–बुटवल सडक निर्माण आयोजनाले सूचना जारी गरेर जनाएको छ।

