


अर्घाखाँची,२८चैत। अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
चट्याङ लागेर जिल्लाको भूमिकासाथ नगरपालिका-१० लिसेपानीका ७२ वर्षीय यमबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

चट्याङ लागेपछि बेहोस अवस्थामा रहेका घर्तीलाई उपचारका लागि अस्पतालमा लगिएको चिक्तिसकले उनलाई मृत घोषणा गरेको अर्घाखाँचीका डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए
कमेन्ट गर्नुस्

