
भैरहवा, २९ चैत। नेपालको स्थानीय बजारमा सुनको मूल्यले एकपछि अर्को रेकर्ड कायम गर्दै गएको छ। आज एकैदिन ३ हजार ९०० रुपैयाँले बढेर फेरि नयाँ रेकर्ड कायम गरेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ हजार ९०० रुपैयाँले बढेर १ लाख ८५ हजार पुगेको छ। अघिल्लो दिन बिहीबार एक तोला सुनको मूल्य १ लाख ८१ हजार ३०० रुपैयाँ कायम भएको थियो।
Advertisement

Advertisement
Advertisement

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। आज एक तोला चाँदीको मूल्य १९ सय ५ रुपैयाँ पुगेको छ। बिहीबार प्रतितोला चाँदी १९ सय रुपैयाँमा कारोबार भएको थियो।
कमेन्ट गर्नुस्

