
काठमाडौं,३१चैत। नेपाल प्रहरीको ‘मोस्ट वान्डेट’ सूचीमा रहेकी एक महिलालाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ। पक्राउ पर्नेमा गोरखाको गोरखा नगरपालिका-६ सात धुरे दरवारमार्गकी ३० वर्षीया विन्दु परियार रहेको प्रहरीले जनाएको छ।
साइबर ब्यूरोका अनुसार पक्राउ परेकी परियारको एकजना पुरुषसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्धमा रहन गई विवाह गर्ने योजना बनेको थियो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

त्यस क्रममा सम्बन्धमा दरार हुन गएपश्चात् उनले पुरुषको फेसबुक प्रोफाइल नामसँग मिल्दो नाम र फोटो प्रयोग गरी फेक आइडी बनाएर प्रेमी, प्रेमीको श्रीमती लगायत नजिकका आफन्तहरुको समेत निरन्तर रुपमा चरित्र हत्या गरेपछि पीडितले साइबार ब्यूरोमा जाहेरी दिएका थिए। जसपश्चात परियारको नाममा रेड कर्नर नोटिस जारी गरी खोजीकार्य गरिएको थियो।
वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेकी उनलाई नेपाल फर्कने क्रममा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको सहयोगमा पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ।
परियारविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा २०८० पुस ३ गते मुद्दा दर्ता भएको थियो। अदालती कारवाहीका लागि आइतबार जिल्ला अदालत काठमाडौंमा पेस गरिएको प्रहरीले जनाएको छ।

