
काठमाडौं,४बैशाख। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गत चैत ४ गते ट्रकबाट बरामद गरेको २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा प्रकरणमा ट्रक चालक कुसाङ लामा पुर्पक्षका लागि लागि थुनामा (कारागार) चलान भएका छन् । उक्त रकमसहित उनी पक्राउ परेका थिए ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले चालक लामा पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो। उक्त रकम धनी भनिएका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ का नारायण पौडेल फरार छन् । पौडेलविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।
Advertisement

Advertisement
Advertisement

ना ७ ख १६५२ नम्बरको ट्रकमा ‘फल्स बटम’मा लुकाएर स्थल नाका हुँदै रसुवागढीबाट चीनको केरुङतर्फ तस्करी गर्न लागिएको १३ लाख ७५ हजार १ सय ५० युरो र ३ लाख २० हजार ८ सय ५० अमेरिकी डलरसहित लामा पक्राउ परेका थिए।

