


काठमाडौं,४बैशाख । सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । लेखा समितिले विमानस्थल निर्माणबारे अध्ययनका लागि उपसमिति गठन गरेको थियो ।
उपसमितिका संयोजक एवं सांसद राजेन्द्र लिङ्देनले पोखरा विमानस्थलमा ठेक्का प्रक्रियाको प्रारम्भदेखि नै अनियमितता र भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै थप अध्ययन र दोषीलाई काराबाही गर्न अख्तियारलाई सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले पोखरा विमानस्थल निर्माणमा ठूलो अंकको भ्रष्टाचार भएको र भ्रष्टाचार गर्नकै लागि विभिन्न नीतिगत निर्णय गरेको समेत पाइएको बताए । १४ अर्बको लागत अनुमान रहेको परियोजनामा मोलमोलाइबाट २२ अर्ब पुर्याइएको उनले बताए।
उनले अध्ययनका क्रममा कर छुट दिएर आर्थिक अनियमितता गर्ने काम भएको, निर्माण कार्यक्रममा कमसल सामाग्री प्रयोग गरिएको लगायतका भ्रष्टाचारका काम देखिएको बताए।

