


काठमाडौं,४ बैशाख। गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना डीआइजीलाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरेको छ।
बढुवा समितिको बिहीबार बसेको बैठकले चन्द्र कुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो।

प्रहरी नियमावली, २०७१ को उपनियम २७ को उपनियम (४) अनुसार उनीहरुलाई एआइजी पदका लागि बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ ।
हेर्नुहोस् सूचीः

कमेन्ट गर्नुस्

